ओमप्रकाश गुप्ता
भालुवाङ २३ असार । मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर शुक्रवार दुर्घटना हुँदा कालिगण्डकी कोरिडोरमा कार्यरत मृतक १९ जना मजदुर मध्ये ३ जना वटै वडाको रहेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती र पैसठ्ठी नम्बरका गरी ३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनापछि अहिले गाउँनै शोकमा डुबेको छ । गाउँभरी रुवाबासी चलेको छ । मृतक मध्ये राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीका ३१ वर्षिय कविता घर्तीको मृत्यु भएपछि परिवारशोकमा डुवेको छ । मृतक घर्ती साझ विहानको छाँक टार्न र एक मात्र छोरीलाई ठुलो मान्छे बनाउने योजना बनाएर गत वैशाखमा मजदुर गर्न मुस्ताङ पुगेकी थिइन् । आमा छोरीको फोनमा दिनदिनै कुरा हुन्थ्यो । तर त्यो सपना शुक्रवार सवै चकनाचुर भयो । त्यो दिन १३ वर्षिय छोरी सिर्जना स्कुलबाट आएर नास्ता खाई खेलिरहेकी थिइन् । साझ एक्कासी आमाको मृत्यु भएको खवर पाएपछि उनी रातदिन आमालाई सम्झिदै रुदै बसेकी छिन् । आमाको न्यानो माया पाउने समयमा आमाले संसार छोडेर गएपछि बेसाहारा भएको बताउछिन् । मुनलाइट बोडिङ स्कुल कक्षा ७ मा पढ्छिन् । मृतक घर्तीको ६ जनाको परिवार रहेको छ । उनीहरु मध्यम वर्गका परिवार हुन् । यस्तै राप्ती गाउँपालिका ३ पैसठ्ठी नम्बरका ३५ वर्षिय सुवेरु चौधरीको मृत्यु भएपछि चौधरी परिवार पनि शोकमा डुवेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको मृतक चौधरीका २ छोरी र १ छोरा रहेका छन् । घर बनाएर गत चैत्रमा मुस्ताङ मजदुरी गर्न गएका चौधरीको सपना पनि चकनाचुर भएको छ । त्यस्तै नयाँबस्तीका २६ वर्षिय विन्ती रोकाको मृत्यु भए पछि परिवार शोकमा डुवेको छ । गत बैशाख १२ गते मजदुरीका शिलशिलामा उनी मुस्ताङ गएका थिए । मृतक तीनै घर परिवारले शुक्रवार बेलुका मात्र थाहा पाएको बताएका छन् । तीनै घरपरिवार मध्यम वर्गको भएको र घरव्यवहार मजदुरी गरेर चलाउदै आएका छन् । यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ निवासी २५ बर्षीया कमला बुढामगरको पनि मृत्यु भएको छ । उक्त दुर्घटनामा परि दाङका थप तीन जना घाइते भएका छन् । घाइतेहरुमा राजपुर गाउँपालिका वडा नम्बर १ निवासी २३ बर्षीय निरज पुन, राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती निवासी १९ बर्षीय श्यामकुमार बुढा मगर घाइते भएको दाङका निमित्त प्रहरी प्रमुख घर्तीले बताए । घाइते तीनै जनाको पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै सडक निर्माणका लागि मुस्ताङ पुगेका मजदुरहरु रहेको प्रहरीले बताएको छ । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर शुक्रवार दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटना स्थलमा र ४ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Views: 0