वंशज नागरिकता: प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो , नागरिकता लिनेको बढ्योे भीड

२०७६ बैशाख ६, शुक्रबार १३:२५ गते २०७६ बैशाख ६, शुक्रबार १३:२५ गते २०७६ बैशाख ६, शुक्रबार १३:२५ गते

विराटनगर – जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ ।मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको बताए । जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो ।चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *