उजेली बाहुन र जेठानिको साथ सम्झन चाहान्छिन त्यो रमाइलो दिनहरु,ठुलो भए पछी एस्तो भए उजेली अनि बाहुन भिडियो हेर्नुहोस

२०७६ बैशाख ७, शनिबार १७:४८ गते २०७६ बैशाख ७, शनिबार १७:४८ गते २०७६ बैशाख ७, शनिबार १७:४८ गते

कुनै जमाना यस्तो थियो जब टिभीमा यो हेर्छु, त्यो हेर्छु भन्नलाई कुनै विकल्प थिएन । नेपाल टेलिभिजनबाट प्रशारण हुने समाचार र केही सन्देशमूलक टेलिचलचित्र नै थिए बसिबियाँलोका माध्यम । बच्चादेखि तन्नेरी युवा, वृद्धवृद्धा सबैका लागि । बाध्यताले भएपनि त्यसवेला थुप्रै यस्ता कार्यक्रमहरु हेरियो जसको सुगन्ध कालान्तरमा पनि उत्तिकै मगमगाइरहेको छ । नेपाल टेलिभिजनको बगैंचामा मगमगाएका तिनै फूलमध्ये एक थियो ‘उजेली’ टेलिचलचित्र । धेरैजनाका लागि यो बाल्यकालको एउटा यस्तो याद हो जो समयसँगै बुढो भएन । बालविवाहविरुद्ध यूनिसेफिले बनाएको यस टेलिचलचित्रकी मूख्य पात्र ‘उजेली’ मा धेरैजनाले आफ्नै छोरीको छवि देखे त्यसवेला । यसका कुनै न कुनै पात्रमा आफूलाई पाए । त्यसवेलाको माहोल र चालचलनको ऐना नै बन्यो यो टेलिचिलचित्र । रसुवामा छायांकन गरिएको यस टेलिचलचित्रमा प्रयोग भएको पश्चिम नेपाली भाषा र गाउँले जीवनको परिदृश्यले दर्शकमा अमिट छाप छोड्यो ।सन् १९९२ मा बनेको उक्त टेलिचलचित्रको चर्चा चल्न थालेको छ, आजकल । यूनिसेफले आफ्नो फेसबुक पेजमा ‘उजेली’ को एपिसोड हालेपछि उजेली को ‘क्रेज’ सामाजिक सञ्जालमा एकाएक ब्युँतिएको हो । पुराना दर्शकहरुको याद फेरि ताजा भएको छ । कहिल्यै नहेरेकाहरुमा पनि यसको कथा र पात्रहरुको जीवन्त अभिनयले यति प्रभाव पारेको छ कि ती सबै पात्रहरु कहाँ, कस्तो अवस्थामा छन् अहिले भनेर खोजी हुन थालेको छ । भिडियो हेर्नुहोस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *