सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ।मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो।‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, ‘यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि लागू हनेछ।’ यो खबर आजको कान्तिपुरमा बलराम बानियाँ र कृष्ण आचार्य मिलेर लेखेका छन्।कर्मचारीले भत्ता पाउन कार्यालय समयभन्दा अघि वा पछि, शनिबार अतिरिक्त काम गरी ८० घण्टा पुगेको कार्यालय प्रमुखले अनिवार्य प्रमाणित गर्नुे पर्ने व्यवस्था गरिएको उनले बताए।आफैँले पहिले रोकेको निर्णय उल्टाउँदै पुनः भत्ता दिने सरकारी व्यवस्थाले मुलुकको ढुकुटीमा ६ अर्ब रुपैयाँभन्दा बढी दायित्व थपिनेछ।
र याे पनि : जुत्ता नहुँदा खाली खुट्टै दौडेकी कमलाले जितिन् राष्ट्रिय पदक
राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश ५ की प्रतिनिधि हुन् कमला जैसी। तर, उनीसँग धावकले लाउने एकजोर जुत्ता पनि छैन।दाङ बलझुन्डी रंगशालामा भइहरको एथलेटिक्समा आइतबार खाली खुट्टा दौडेर उनले कास्य पदक जितेकी छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा ज्ञानेन्द्र कार्कीले लेखेका छन्।
चार गुणा चार सय रिले दौडमा कमलासँगै पूर्णिमा खड्का, अरुणा रिजाल र पूजा चौधरी थिए। अन्तिममा कुदेकी कमला भने खाली खुट्टामै थिइन्।‘स्पाइक सुज’ नभएकाले यस अघि १५ सय र पाँच हजार मिटरको दौडमा उनले खाली खुट्टा दौडन खोजेकी थिइन्, तर सामान्य जुत्ता लगाउन परेकाले सोचेजसे नतिजा आउन नसकेको उनको भनाई छ।‘मसँग स्पाइक सुज छैन, त्यसैले खाली खुट्टा नै तालिम लिएकी थिएँ, अघिल्ला दौडमा सामान्य जुत्ता लगाउनुपरेकाले पदकविहिन भएकी थिएँ, यसपाली खाली खुट्टा दौडिएँ, जितेँ,’ उनले भनिन्।
Views: 0