मैदानमा झगडा गरेपछि रेफ्रीले मेस्सी र मेडेलले रातो कार्ड देखाए

२०७६ असार २२, आईतवार १०:०२ गते २०७६ असार २२, आईतवार १०:०२ गते २०७६ असार २२, आईतवार १०:०२ गते

असार,२२ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए। चिलीका अर्टुरो भिदालले एक गोल फर्काए ।

Argentina- Chile

चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २–० ले अग्रता लियो। तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो। खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो। मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए। त्यसपछि खेलको दोस्रो हाफमा चिलीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्। खेलको ५९ औं मिनेटमा भिदालले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो।

Lionel Messi

– tahakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *