नेदरल्याण्ड पहिलो हाफ गोल रहित बराबरीमा

२०७६ असार २२, आईतवार २२:३० गते २०७६ असार २२, आईतवार २२:३० गते २०७६ असार २२, आईतवार २२:३० गते

एजेन्सी । पहिलो पटक उपाधि जित्‍ने लक्ष्यमा रहेको नेदरल्याण्डले फिफा महिला विश्वकप फुटबलको फाइनलमा साविक विजेता अमेरीकासँग गोलरहित बराबरी खेलेको छ । लियोन ओलम्पिक स्टेडियममा पहिलो हाफको खेल सकिँदा नेदरल्याण्डले अमेरीकालाई गोलरहित बराबरीमा रोकेको हो ।

अमेरिकाका कयौं प्रहारलाई रोकेको नेदरल्याण्ड आक्रामक खेलिरहेको छ । इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको अमेरिका सन् २०१५ मा क्यानडामा भएको सातौं संस्करणको विश्वकप इतिहास दोहोर्‍याउने लक्ष्यमा छ । जहाँ अमेरिकाले तेस्रो पटक उपाधि जितेको थियो । पहिलो पटक फाइनलमा पुगेको नेदरल्यान्ड भने यो विश्वकप उपाधिसहित यादगार बनाउने योजनामा छ । नेदरल्यान्डले सेमिफाइनलमा स्वीेडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको हो ।१२ खरी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *