मेलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६ असार २३, सोमबार १२:०३ गते २०७६ असार २३, सोमबार १२:०३ गते २०७६ असार २३, सोमबार १२:०३ गते

काठमाडौँ – मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा मलेसियालाई नेपालले ७ विकेटले हराएको हो ।८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा भीम शार्कीले ३३ कप्तान रोहित कुमार पौडेलले ३१ र पवन सर्राफले १८ रनकाे याेगदान दिए ।

यसअघि मलेसियालाई नेपालले ४०.५ ओभरमा अलआउट गरेको थियो ।मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर ढकालले ३ कुशल मल्लले दुई तथा रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले एक/एक विकेट लिएका थिए ।अब नेपालले फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *