प्रधानमन्त्री पत्नी राधिका शाक्यको सात सय डलर बाटैमा लुटियो

२०७६ श्रावण २३, बिहीबार २१:४७ गते २०७६ श्रावण २३, बिहीबार २१:४७ गते २०७६ श्रावण २३, बिहीबार २१:४७ गते

उपकरण उही, प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे।गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन्।बैंकक जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन। परिवत्र्य मुद्राका दृष्टिले पनि त्यो महंगो ठाउँ हो।त्यसो गर्नुको विभिन्न कारणमध्ये एउटा हुनसक्छ, बैंकक बस्ने केही नेपालीले भिआइपीको नाम भजाइ ठगी धन्दा चलाउनु।चार वर्षअघि उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाख्यको सात सय डलर बाटैमा लुटिएको थियो।व्यस्त बैँककको सुखम्भित १ मा बुमराङग्राड अस्पताल, ७३ मा नेपाली दूतावास अनि प्रतुना भन्ने ठाउँबाट सुरज शाक्य भन्नेले श्रीमतीमार्फत अस्पतालमा दिनहुँ खाना पुर्याउन पठाउने।एकदिन उनैले बोलाएको ठाउँमा खाना खान जाने क्रममा लुटपाटको घटना भएको हो। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।पाटन घर भएका सुरजले ललित मण्डप नामक ट्राभल एजेन्सी चलाएका थिए।नेपाल खबर

अब महंगा क्रिम बिर्सिनुहोस्, यसरी बनाउनुहोस घरेलु उपायमार्फत आफ्नो अनुहार गोरो:एजेन्सी : गोरापनमा कमी आउनुको कारण धेरै हुनसक्छन् । जस्तै; टन्टलापुर घाम , प्रदुषण , अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाईने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो । किनकी यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महङ्गा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । अब तपाइँले यस्ता क्रिमहरुको प्रयोग बिना नै आफ्नो छालालाई गोरो बनाउन सक्नुहुन्छ । यस्को लागि अपनाउनुपर्ने १० घरेलु उपायहरु निम्नअनुसार छन् ।

  • १) बेकिंग सोडा:बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।
  • २) दुध र केरा:पाकेको केरालाई दुधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।
  • ३) गुलाब जल:गुलाब जललाई दुधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाइँको छालामा चमक ल्याउँदछ ।
  • ४) घ्युकुमारीको लेदो:यसलाई अनुहार र घाँटिमा ३० मिनेट लगाउनुहोस् । यस्ले तपाइँको छालालाई गोरो , सफा र नरम बनाउने छ ।
  • ५) सुर्यमुखीको बीउ:थोरै सुर्यमुखीको बीउलाई रातभरी दुधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यस्मा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यस्लाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । केही दिनमै तपाइँको अनुहार गोरो हुनेछ ।
  • ६) आँपको बोक्रा:थोरै आँपको बोक्रालाई दुधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यस्को प्रयोगले छाला गोरो हुनेछ ।
  • ७) मह:महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।
  • ८) चीनीले घोटेर सफा गर्ने:चीनीलाई कागतीको रस सँग मिसाएर हातको मद्धतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।
  • ९) नरिवलको पानी:दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्धत गरि छालालाई गोरो बनाउँछ ।
  • १०) पानीको धेरै प्रयोग:पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्धत गर्दछ । तपाइँलाई दिनमा ८ घण्टाको निन्द्रा लिनु जरुरी छ । यस्ले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed