चकनाचुर पारिदियो सपना सबै ग्राण्डी इन्टरनेशनल अस्पतालले

२०७६ श्रावण २४, शुक्रबार ११:५२ गते २०७६ श्रावण २४, शुक्रबार ११:५२ गते २०७६ श्रावण २४, शुक्रबार ११:५२ गते

कति सपना देखेका थिए दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा ! तर यो सपना सबै चकनाचुर पारिदियो ग्राण्डी इन्टरनेशनल अस्पतालले । पहिलो बच्चा १० बर्ष भैसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्राण्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ बर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाएका उनीहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् थिए ।व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुशीले श्रीमती सुत्केरी हुने २ महिनाअघिदेखि अस्पतालकै ठूलो बच्चा त्यस्तो लापरवाहीले गुमाउनुप¥यो भने त्यही ग्राण्डीमाा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटक पटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’

दोर्जे रोकिनै सक्नुहुन्न । उहाँ खुल्न मात्र चाहनुहुन्छ र थप्नुहुन्छ–२४ सैं घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियुमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने÷नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो । त्यसको १२ घण्टा नबित्दै बच्चा बचाउन नसकेको भन्ने खबर आयो ।

दोस्रो बच्चा पनि पीडित छ । एउटा हातको घाउ पाकिसकेको छ भने अर्को हातमा पूरा निलो छ । त्यहाँबाट निशान अस्पताल नलगेको भए सानो बच्चाको पनि त्यही हालत हुने थियो । ग्राण्डीले राक्षसी व्यवहार गरेर एउटा बच्चा मारिदियो, अर्कोलाई असक्त बनायो । निशान अस्पतालले भने ग्राण्डीले अत्यन्तै जटिल अवस्थामा पु¥याएको बच्चाको उपचार गरेर सकुशल फर्काइदियो । हाम्रा जीवनमा निशानका चिकित्सकहरु भगवान नै भैदिए ।’आफूहरूलाई जस्तै बज्रपात कसैलाई नपरोस् भनेर शुभचिन्तक र आमसञ्चारमाध्यमहरूले साथ दिइरहेको दोर्जे बताउनुहुन्छ । अस्पताल पक्षले आन्तरिक रुपमा घटना मिलाउन मंगलबार नै आग्रह गरे पनि अस्पताल सञ्चालककै समय नमिलेकाले बुधबार वार्ता रद्द गरेको थियो ।

दोर्जेको परिवारले ग्राण्डीमा मृत्यु भएको बच्चाको लाश अहिलेसम्म बुझेको छैन । ग्राण्डीले सार्वजनिक रुपमै गल्ती स्वीकार नगरे र सरकारले छानविन समिति नबनाएसम्म लाश नबुझ्ने उनीहरूको अडान छ ।सोही अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले भने महाराजगंज प्रहरी बिटबाट खटिएका प्रहरीको रोहबरमा अस्पताल र चिकित्सक कर्मचारीको कमजोरी स्वीकारे पनि उनीहरुउपर कुनै कारवाही नभएको बताए ।यसैबीच नेपाल मेडिकल काउन्सिलले बुधबार यसै बिषयमा उक्त अस्पतालसँग यथार्थता माग गरेको छ ।यति मात्र हैन एक महिनाअगाडि पनि ग्राण्डी अस्पतालकै एनआईसीयूमा भएको लापरबाहीका कारण सञ्जीव न्यौपानेको बच्चामा एनआईसियू कक्षमै संक्रमण भै ५ पटकसम्म शल्यक्रिया गर्दा जिर्ण बनाएको थियो ।

उक्त बिषयमा छानविनका लागि मुद्दा दायर भएकाले काउन्सिलले त्यस बिषयमा स्पष्टीकरण माग गरेको छ । काउन्सिलले लिखित उत्तरसहित एनआईसीयू विभाग र अस्पतालका प्रमुखलाई काउन्सिलमा बोलाएको स्रोतले जनाएको छ ।उक्त अस्पतालप्रति धेरैको धारणा सकारात्मक नभएको दावी गर्दै समाचार स्रोत भन्छ–बिरामीमाथि आर्थिक र मानसिक शोषण गर्दै आएको देख्दा ठूलो आक्रोस उम्लिन्छ । अस्पतालको अनुगमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिल मान्छे मरिसक्दा पनि गम्भीर छैनन् । उनीहरू उल्टै लाचार हुँदै भन्छन्–मिडियाबाट सुनेका हौँ, लिखित उजुरी नपरेकाले छानविन गरेका छैनौं । (नेपाल समाचारपत्रबाट)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *