किन जबर्जस्ति चिहानबाट निकालियो शव ?

२०७६ श्रावण ३०, बिहीबार ०९:१९ गते २०७६ श्रावण ३०, बिहीबार ०९:१९ गते २०७६ श्रावण ३०, बिहीबार ०९:१९ गते

नैरोबी । पश्चिमी केन्याका अधिकारीहरुमाथि स्थानीय एक नागरिकको शवलाई चिहानबाट निकालेर उसको वर्दी उतारेको आरोप लागेको छ । मृतककी पत्नीले बीबीसीसँगको कुराकानीमा सो आरोप लगाएकी हुन् । मार्टिन शीकुकू अलुकोयेको यो महिना डुबेर मृत्यु भएको थियो ।उनलाई काकामेगा काउन्टी युथ सर्भिसको वर्दीसहित गाडिएको थियो । उनको परिवारले आफूहरुको विरोधका बावजुद उनको शव निकालेर वर्दी उतारिएको आरोप लगाएका छन् । एक स्थानीय अधिकारीले यो आरोप अस्वीकार गर्दै उनको शव पुर्नु अघि नै कपडा फेरिएको दाबी गरेका छन् ।

अलूकोयेकी विधवा जैकलिनले बीबीसीसँग बताएअनुसार उनी शोकमा रहेको र शव चिहानबाट निकाल्दा उनलाई झन् पीडा भएको जनाएकी छन् । एक साक्षात्कार कार्यक्रममा उनले भनिन्, “म जुन दुःखमा परिरहेकी छु, अहिले त्यो झन् बढेको छ । मेरा छोराछोरी अहिले सानै छन् । म जब जन्मिए मैले कहिले पनि यस्तो महसुस गर्नु परेको थिएन । म उनीहरुसँग अनुरोध गर्दछु कि मलाई शान्तिपूर्वक रहन दिइयोस् ।”मृतकका एक काका अधिकारीहरुबाट सो क्षेत्रको कानुनको उल्लंघन गरेको बताउँछन् । डेली नेसन अखबारका अनुसार काका फ्रान्सिस मुटाम्बाले भने,“हामीले उनको अन्त्येष्टी कार्यक्रमको लागि काउन्टी प्रशासनलाई पुरै सामेल गरेका थियौं । वर्दीमा नै उनको शव पुर्ने कुरामा उनीहरुले कुने विरोध गरेका थिएनन् ।”

परिवारका अनुसार वर्दी उतार्ने प्रयासको उनीहरुले विरोध गरेका थिए । तर प्रशासनले परिवारको सहमति नलिई र अदालतको पनि कुनै आदेश नलिइ शवबाट वर्दी उतारेको छ । सोही क्षेत्रका सहायक चिफ डेनियल नायामीले शव निकाल्न जाने कामको आलोचना गर्दै यसमा सामेल अधिकारीहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।उनले भनेका छन्, “एक पटक शव दफन गरिसकिएको छ भने त्यसलाई बाहिर निकाल्नको लागि अदालतको आदेश लिनु जरुरी हुन्छ । काउन्टी प्रशासनले वर्दी बरामद गर्नको लागि कानुनको उल्लंघन गरेको छ ।”सोही स्थानको अबांगओन्या समुदायका अगुवाहरुले पनि यो कदमको आलोचना गरेका छन् । सो समुदायमा शवलाई चिहानबाट निकाल्ने कार्यलाई अपशकुन मान्ने गरिएको छ ।

मुटाम्बा भन्छन्,“हामीले हाम्रो छोराको शव राति दफन गर्ने निर्णय लिएका थियौं । किनकी डुबेर मर्नेलाई सूर्यको किरणका अघि दफन गरिदैन । तर काउन्टी अधिकारीहरुले वर्दी बरामद गर्नका लागि शव नै निकालेकोमो हामीलाई आश्चर्य लागेको छ ।”स्थानीय अधिकारी रोबर्ट सुम्बीले बीबीसीसँगको कुराकानीमा भने,“मृतकलाई दफन गर्नुभन्दा पहिला केही बेरका लागि वर्दी पहिर्याइएको थियो । पछि त्यसलाई उतारियो ।” सो काउन्टीका प्रमुखले चाहिं आम रुपमा मृतकलाई सामान्य पोशाकमा नै दफन गर्ने गरिएको बताए । (बीबीसी)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *