लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाए ।।

२०७६ भाद्र ३, मंगलवार ०९:४९ गते २०७६ भाद्र ३, मंगलवार ०९:४९ गते २०७६ भाद्र ३, मंगलवार ०९:४९ गते

काठमाडौं । बुद्ध जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ ।

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्तिकेन्द्र रिझाउन हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तीको असर कर्मचारी चयनमा पर्ने गरेको हो ।

=कान्तिपुर दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *