रबिन्द्र यादव / नवलपरासी पश्चिम/नवलपरासी पश्चिमको सुस्ताबाट सोमवार देखि एक बालिका अाफ्नै घर बाट हराएकी छिन । सुस्ता गाँउपालिका वडा नं.- ५ बलिनगर बस्ने मारकाण्डे चौधरीको ढाई बर्षिय छोरी आदिती चौधरी साँझ ५ बजे देखि ६ बजेको बिचमा घरमै खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी हुन ।कार्तिक ११ गते देखि बेपता भएकी अादिती अहिले सम्म केही जानकारी नभएको परिवारजनले बताएका छन । स्थानीयबासी र प्रहरी द्वारा खोजी कार्य जारी रहेपनि अहिले सम्म बालिकाको अवस्था बारेमा केहि थाहा नभएको प्रहरी चौकी रामनगरले जनाएको छ ।
आदितीको खबर कहि कतैबाट नआएको र आफुहरुले आफ्नो सम्पुर्ण आफन्तीकोमा खोजी गरिसकेकाले बालिका कहि पनि फेला नपर्दा अपहरण गरिएको हो हुन सक्ने आशंका लागेको परिवारजनले दावी गरेका छन् ।छोरी घरको अागनमा खेलिरहदा आफुहरु घरको पछाडि करेसावारीमा काम गरिरहेका थिए । कार्य सकेपछि छोरी घरमा नभेटिदा चिन्ता बढ्न थालेको छ । परिवारजनले अदिती लाई खोजी कार्य गर्दा नभेटेपछि प्रहरीलाई खबर गरिएको थियोे ।गाँउ नजिकै भारतको सिमाना भएको हुदाँ भारतीय प्रहरीसंग समन्वय गरी खोजी भईरहेको प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता बालिका आदितीले रातो टिसर्ट र कट्टू लगाएकि छन् ।उनको खोजी कार्यमा सहयोग गरिदिनु हुन परिवारजनले सबैमा निकाय, प्रहरी प्रशासन, मानव अधिकार, संचारकर्मी लगायतमा आग्रह पनि गरेका छ्न । बालिकालाई कहि कतै देखेमा नजिकको प्रहरी कार्यालय वा मोबाईल नम्बर ९८५७०१३७९३, ९८०७४९७३२९,९८६७४२७९७८, ९८७६१६५८१०, सम्पर्क गरि खबर गरिदिनको लागि परिवारजनले अनुरोध समेत गरेका छ्न ।
Views: 0