यस्ता रोग लागेकाहरूले भुलेर पनि पिउनु हुँदैन कागती पानी

हामीहरू गर्मीको समय होस् या फ्रेस हुनको लागी , आफ्नो शरीरको तौल घटाउन तथा अल्कोहलको ह्याङ्ग उतारनको लागी कागती पानी पिउने गर्दछौ । र कागती पानी पिउनाले ती समस्याहरू पनि कम हुन्छन् । तर कतिपय ब्यक्तिअरूलाइ थाहा नहुन सक्छ कि कागती पानीले मानव शरीरको लागी हानिकारक समेत गर्दछ । त्यसैले गर्दा यस्ता रोग भएका व्यक्तिहरूले भुलेर पनि कागती पानी पिउनु हुदैन् ।

१ . मुटु सम्बन्धी रोग भएमा:यदि कसैलाई मुटु सम्बन्धी रोग छ भने कागती पानी पीउन समस्या हुन्छ । कागती पानीमा एसिडको मात्रा बढी हुन्छ ।त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।

२ . दाँतमा समस्या भएमा:यदि कुनै ब्यक्तिमा दाँतमा समस्या छ, भने कागती पानी पिउदा हानीकारक हुन्छ । किनकी दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता समस्या हुन्छ ।

३ . अल्सर भएमा:यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

४ . कफ र पित्तको समस्या भएमा:यदि मानिसहरुमा कफ र पित्तको समस्या छ भने उनिहरुलाई पनि कागती पानी पिउनदा स्वास्थ्य समसस्या हसन सक्छ । किनकी कागती पानीले कफ र पित्त बढाउछ । यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।

५ . पिसाबसँग सम्बन्धित समस्या भएमा:यदि कोहि ब्यक्तिलाई पिसाबसँग सम्बन्धित समस्या छ भने उस्को लागीपनि कागती पानी पिउन हानीकारक नै हुन्छ । कागती पानीले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *