चर्चित लेखिका तथा गायिका पिङ्कले १० लाख डलर राहत कोषमा सहयोग !!

२०७६ चैत्र २२, शनिबार १६:२२ गते २०७६ चैत्र २२, शनिबार १६:२२ गते २०७६ चैत्र २२, शनिबार १६:२२ गते

काठमाडौं २२ चैत – अमेरिकाकी चर्चित लेखिका तथा गायिका पिङ्कले आफूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको घोषणा गरेकी छिन् । साथै, उनले आफूले फिलाडेल्फियाको एक अस्पताललाई पाँच लाख डलर बराबरको सहयोग गर्ने र अस्पतालले उक्त रकममा कोभिड-१९ बाट पीडितको उपचारमा खर्च गर्ने जानकारी दिएकी छिन् । त्यस बाहेको अर्को पाँच लाख डलर लस एन्जलसका मेयरको राहत कोषमा दिने पनि उनले घोषणा गरिन् । यद्यपि पिङ्क र संक्रमणको लक्षण देखिएको उनको तीन वर्षे छोराको दोस्रो परीक्षण भने निगेटिभ भइसकेको उनले दाबी गरेकी छिन् ।

ग्रामी अवार्ड जितेकी चर्चित गायिकाले ट्रम्प सरकारको आलोचना गर्दै लेखेकी छिन्, “परीक्षणलाई अझ विस्तारित पहुँचमा पुर्‍याउन नसक्नु हाम्रो सरकारको पूर्ण असफलता हो । यो रोग गम्भीर छ र वास्तविक हो । हामीले परीक्षणलाई निःशुल्क र सबैको पहुँचमा पुर्‍याएर हाम्रा बालबालिका, परिवार, साथीसङ्गी र समुदाय बचाउनुपर्छ ।”

स्रोत: Onlinekhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *