सुरेश अधिकारी रजबार : बझाङ जिल्लाको प्रवेश द्वार बित्थडचिरको वडा नं ७ मा पहिलो संक्रमित भेटिएका छन् । त्यहाँ कोरना अर्थात कोभिड १९ देखिय संगै बित्थडचिर गाउँपालिकामा त्रास फैलियको छ। भारत बाट आउने मान्छेहरु दिन प्रतिदिन बढे संगै क्वारेनटानमा चाप बढेको छ। एउटै क्वारेनटानमा १५० ,देखी २०० जना सम्मलाई राखेको पाईएको छ भने क्वारेनटाईमा बसेकालाई घर परिवार भेट्न सरसामान किन्न काफल खान छुट दिएको छ जनप्रतिनिधि हरूले कुमै पनि मतलब गरेको छैन भन्दै स्थानीय हरूको गुनासो गरेका छन् भारतबाट आउनेलाई समय मै व्यवस्थित गर्न नसक्दा बित्थडचिर बासी आत्तियका छन् । बित्थडचिर गाँउपालिकाका जनप्रतिनिधि हरू मुखदर्शक नभइ गहन रूपमा बुझन आवश्यक छ। त्यसैले बित्थडचिर गाँउपालिकाका जनप्रतिनिधी ज्युहरुलाई मेरा केहि ब्यक्तिगत सुझाव ।।
- -कुनै ब्यक्ति कोरोना जस्तो लक्षण देखिएमा self Quarantine मा राख्नु पर्यो, पहिलो पटक सुनुकुडा क्वारेन्टिनमा देखिएको कोरोनाको संक्रमितलाई आइसोलेशनमा राख्न पर्यो र तत्काल उक्त क्वोरेन्टिनमा रहेका सबै १ सय ६५ जनाको स्वाब परिक्षण गर्न पर्यो । बझाङमा १ सय ६९ क्वारेन्टिनमा ३ हजार भन्दा बढी बसेका छन् । तर हालसम्म पीसीआर परिक्षण भने २ सय ४१ जनाको मात्र गरिएको छ । के के सतर्कता अपनाउने र कसरी बस्ने जानकारी गराउन पर्यो ।
- – १६५ जनालाई एउटै ठाउँमा Quarantineeमा राख्नु गलत थियो खैर अझै भारतबाट भित्रिदै छन् तसर्थ आसपासको सहज पर्ने स्थान जस्तै बित्थड, स्याडी,देउलेख,पोखरी, सुनकुडा र धारीका प्रा वि, नि मा वि,मा वि सबै बिध्यालयलाई Quarantine का लागि तयारी अबस्थामा राख्नु पर्यो ।
- -कोरोना संक्रमणको परिक्षण र उपचारका लागि जनसक्ति ब्यबस्थापन गर्न हस्पिटल तथा स्वास्थ्य चौकीमा रहेका जनसक्तिलाई परिचालन गर्ने । त्यस्ता कर्मचारीलाई infection control training दिनु पर्यो ।
- – स्वास्थ्य मन्त्रालय,नेपाल प्रहरी समेतको समन्वयमा स्वास्थ्यकर्मी ,सुरक्षा र आबस्यक ब्यबस्थापकीय उपचार,उपकरण र Ambulance सहितको टोली तयारी अबस्थामा राख्नु पर्यो। कुनै वडामा संक्रमणको आशंका लाग्दा उक्त टोली तुरुन्त परिचालन गर्न पर्यो ।
- -कोरोनाको संक्रमण र नियन्त्रणका सन्दर्भमा पुर्व तयारी तथा उपचारका क्रममा समेत बिद्यमान स्वास्थ्य सेवा प्रवाहको नियमित प्रकिया अवरुद्ध नहोस भन्नका लागि आवश्यक सतर्कता अपनाउन पर्यो ।
- -social Distancing का लागि बाहिर निस्किएर मदिरा सेवन गरी पाटिको वकालत , राहतका वितरणका नामा ठुलो जमघट, आदि कार्य गर्नेलाई Forcefully प्रतिबन्ध गर्नु पर्यो ।
- -प्रत्येक नागरिकलाई सुचित हुने अधिकार छ।अब त झन यस्तो सम्बेदनशील समयमा प्रमाणिक जानकारी पाउन आवस्यक छ। यदि COVID-19 का सम्बन्धमा स्थानीय सरकारले जानकारी नगराउदा मान्छे अन्य स्रोत खोज्छन् जो धेरैजसो गलत खबर हुन्छन र भ्रमित र त्रसित गराउँछन्।तसर्थ निस्चित समय तोकेर स्थानिय सरकारले सुचित गराउनु पर्यो।
साथै बित्थडचिर बासीलाई मेरो अनुरोध छ।अचानक आएको संकटको सामना गर्नु परेको छ । यस्तो बेला समाजिक र भौतिक दुरी सबैले कायम गरौ । lockdown को पूर्ण रुपमा पालना गरौं , नआत्तिकन सजगता अपनाऔं, घर मै बसौ, सुरक्षित रहौ । यो वेला हो स्थानीय सरकारले काम गर्ने र हामीले सहयोग गर्ने। स्थानीय सरकारले पनि बुझोस्;सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो ।कहिले सुझाव त कहिले दबाब हो।संकटमा दृढतापूर्वक स्थानीय सरकारसंगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं। अनि बिश्व भर फैलिएको माहामारीबाट बाच्न सजग सावधानी अपनाउ र आफु बाच्चौ र अरुलाई पनि बचाउ ।
Views: 0