शिक्षक लाइसेन्स नै नक्कली

२०७७ असार २३, मंगलवार १७:४९ गते २०७७ असार २३, मंगलवार १७:४९ गते २०७७ असार २३, मंगलवार १७:४९ गते
Commission for Investigative of Abuse of Authority PHOTO:KIRAN PANDAY

महोत्तरी, २३ असार । नक्कली अध्यापन अनुमति पत्र पेश गरी सेवा प्रवेश गरेको अभियोगमा श्री महन्जी साहमाथी अख्तियारले मुद्दा दायर गरेको छ । धमौरा गा.वि.स, हाल बलवा नगरपालिका ९, महोत्तरी घर भई श्री राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका प्रा.वि. शिक्षक साहले नक्कली शिक्षक लाइसेन्स पेश गरी सेवा प्रवेश गरेको सुचनाको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।अनुसन्धानबाट महन्जीले झुठ्ठा तथा नक्कली स्थायी अध्यापन अनुमति–पत्र पेश गरेर २०६६ सालदेखि प्रा.वि शिक्षकको रुपमा काम गर्दै आएृको पुष्टि भएको हो । उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *