बलिउड अभिनेता रणवीर कपूरमा कोरोना पुष्टि भएको छ।रणवीरलाई कोरोना पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका अंकल रणधीर कपुरले केही दिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन्।
कोरोना पुष्टी भएपछि उनी अहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेको बताइएको छ। केही महिनाअघि रणवीरकी आमा तथा अभिनेता नीतु सिंहलाई पनि कोरोना पुष्टि भएको थियो। उनी आगामी फिल्म ‘जुग जुग जियो’को सुटिङ क्रममा कोरोनाबाट संक्रमित भएकी थिइन्।
अहिले रणवीरले केही फिल्ममा काम गरिरहेका छन्। निर्देशक अयान मुखर्जीको ‘ब्रह्मास्त्र’ आलिया भट्टसँग देखिँदैछन्। अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि रहेका छन्।
एक अनटाइटल्ड, एनिमल लगायतका फिल्महरूमा कपूर देखिँदैछन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0