नेप्से साढे ३७ अङ्कले घट्यो

२०७८ बैशाख ७, मंगलवार १६:३२ गते २०७८ बैशाख ७, मंगलवार १६:३२ गते २०७८ बैशाख ७, मंगलवार १६:३२ गते

काठमाडौं, ६ बैशाख : शेयर बजार परिसूचक नेप्से सोमबार पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतबार (हिजो) पनि नेप्से झन्डै ३६ अङ्कले घटेको थियो ।बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ ।

जलविद्युत र फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ । सोमबार दुई सय १३ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ७६ करोड रुपैयाँमा कारोबार भए । नागरिक लगानी कोषको मात्रै २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । सोमबार सबैभन्दा धेरै चन्द्रागिरि हिल्स लिमिटेडको शेयर झण्डै १० प्रतिशतले घटेको छ । प्रतिकित्ता २४ सय १ रुपैयाँबाट कारोबार सुरु भएको चन्द्रागिरिको शेयर बजार बन्द हुने बेलामा २१ सय ७३ रुपैयाँमा झरेको छ । समग्र बजार घटे पनि ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *