दोस्रो लहरको संक्रमण उच्च दरमा फैलिएका मुलुकमध्ये नेपाल अग्रस्थानमा, घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

२०७८ बैशाख १३, सोमबार १२:०९ गते २०७८ बैशाख १३, सोमबार १२:०९ गते २०७८ बैशाख १३, सोमबार १२:०९ गते

काठमाडौं : मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन्।

कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो। यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो। शनिबार १४ जनाको निधन भएको थियो।

मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन्। ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाका अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलाउने भाइरस संक्रामक छ। ‘संक्रमण चाँडै फैलिएको देखिन्छ। यो संक्रामक भाइरसले युवालाई बढी गाँजेको छ’, डा. बाँस्तोलाले भने।

उनका अनुसार ज्वरो आउने, निमोनिया, शरीर दुख्ने, शिथिलता हुनेलगायत लक्षणहरू देखापरेका छन्। कतिपय व्यक्ति ज्वरो नभई निमोनिया भएर पनि अस्पताल भर्ना हुन आउने गरेको चिकित्सक बताउँछन्।

‘केही व्यक्ति बिना खोकी निमोनियाले गाह्रो बनाएपछि इमर्जेन्सीमा भर्ना हुनुभएको छ’, डा. बाँस्तोलाले भने। अस्पतालमा भर्ना भएका बिरामी हेर्दा पोहोरको तुलनामा युवाको संख्या बढी देखिन थालेको चिकित्सक बताउँछन्।

नेपालमा कोरोनाको यूके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्टका भाइरसको संक्रमण पनि फेला परेका छन्। यी भाइरस एकबाट अर्कोमा छिट्टै सर्ने चिकित्सकहरू बताउँछन्।

काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका डा. बिराजमान कर्माचार्यले कोरोनाको दोस्रो लहरको संक्रमण उच्च दरमा फैलिएका मुलुकमध्ये नेपाल अग्रस्थानमा छ। गत साताको तुलनामा यस साता कोरोना संक्रमण झन्डै २४१ प्रतिशतले बढेको डा. कर्माचार्यको भनाइ छ।

‘झन्डै २.५ गुणाले संक्रमितको संख्या बढेको छ। छिमेकी मुलुकसँग तुलना गर्ने हो भने पनि नेपालको संक्रमण दर निकै बढी छ,’ उनले भने, ‘छिमेकी मुलुकमध्ये माल्दिभ्समा ८०, भारतमा ६०, पाकिस्तानमा १३ प्रतिशतले संक्रमित बढेका छन्।’ अन्नपूर्ण पोष्टमा यो खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *