आईजीपी खनाल भन्छन् : केही धमिराबाट प्रहरीलाई बदनाम हुन दिन्न, टिपेर मिल्काउँछु

२०७५ आश्विन २१, आईतवार १०:४२ गते २०७५ आश्विन २१, आईतवार १०:४२ गते २०७५ आश्विन २१, आईतवार १०:४२ गते

आईजीपी खनाल भन्छन् : केही धमिराबाट प्रहरीलाई बदनाम हुन दिन्न, टिपेर मिल्काउँछु

काठमाडौं : निर्मला पन्तमाथि बलात्कारपछि हत्याम संलग्नलई पक्राउ गर्न नसकेर आलोचित बनेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अब नेपाल प्रहरीमा शुद्धीकरण थाल्ने बताएका छन् ।

‘केही धमिरा प्रवृतिका प्रहरीले गर्दा सिङ्गो संगठन बदनाम हुने अवस्था आएको छ’, प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब प्रहरी संगठनका ‘धमिरा’ लाई छानीछानी फाल्छु ।’

संगठनका अधिकारीको भूमिकालाई लिएर आक्रोश पोखेका खनालले आचरणमा रहन पटक-पटक निर्देशन दिएको पनि स्मरण गराए । ‘मैले आचरणमा सुधार ल्याउन पटक पटक निर्देशन दिएको छु’, उनले भने, ‘आफ्नो आचरण नसुधारी संगठनलाई बदनाम गराउनेलाई अब खोजीखोजी कारबाहीको दायरमा ल्याउँछु ।’

खनालको अधिकांश मन्तब्य संगठनका बदमाश अधिकारीहरुप्रति केन्द्रित थियो । ‘केही प्रहरी अधिकारीहरुका कारण सिङ्गो संगठनका साथै इमानी प्रहरी अधिकारीसमेत लाञ्छनाको शिकार भएका छन्’, खनालले अगाडि भने, ‘पटक पटक सुध्रिने मौका दिएको छु । निर्देशनलई पनि नमानी बदमाशी गर्ने यस्ता धमिरालाई टिपेर फाल्ने अभियान थाल्छु, यो अभियानलाई सबैले सघाउनुहोला ।’

आइजीपी खनालले जनताको सुरक्षाको जिम्मेवारी काँधमा बोकेको प्रहरीले कुनै पनि गल्ती गर्नै नहुने पनि जिकिर गरे । ‘जनताले भरोसा गरेर प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने आशा गरेका छन्’, उनले भने, ‘म प्रहरी भएकैले हरेक काम राम्रो गर्नुपर्छ, यससँगै बाटो बिराउन लागेको साथीलाई सुधार्नु पनि पर्छ ।’

देश र जनताको सुरक्षाका लागि आफू दिनरात खटिरहेको बताउँदै खनालले प्रहरी संगठनको मूल्य र मान्यतामा बसेर जनसेवा गर्न पनि कडा निर्देशन दिएका छन् ।
annapurna post

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *