मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु

२०७५ आश्विन २१, आईतवार १०:४४ गते २०७५ आश्विन २१, आईतवार १०:४४ गते २०७५ आश्विन २१, आईतवार १०:४४ गते

मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु

काठमाडौँ, २१ असोज । बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ ।मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ ।आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।

सोमबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मङ्गलबार दिउँसो पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *