लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको तयारी

२०७५ आश्विन २१, आईतवार १०:४६ गते २०७५ आश्विन २१, आईतवार १०:४६ गते २०७५ आश्विन २१, आईतवार १०:४६ गते

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको तयारीबुटवल, २१ असोज । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो ।

आगामी कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताउनुभयो । “बुद्ध जन्मिएको स्थल भए पनि लुम्बिनीमा एक पटक पनि यो कार्यक्रम नहुुनु विडम्बना हो”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले विश्वका बौद्धमार्गीको ध्यान तान्नेछ ।”

राजकीय थाई बौद्ध मन्दिरको सहयोगमा महासङ्घले आयोजना गर्ने उक्त कार्यक्रममा १८ देशका लगभग ५०० भिक्षु, लामा, आनी, उपासक तथा उपासिकाकोे उपस्थिति रहने उहाँले बताउनुभयो । लुम्बिनी विकास कोषलगायत लुम्बिनीका विभिन्न विहारको सहकार्य हुने उक्त कार्यक्रमका लागि करिव रु ३५ लाखे खर्च लाग्ने अनुमान महासङ्घको छ ।

कार्यक्रमलाई सफल बनाई अन्तर्राष्ट्रियजगत्मा समेत नेपालको छवि उँचो राख्ने प्रयत्न महासङ्घले गरेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले त्रिपिटक वाचन कार्यक्रमले विश्व समुदायमा लुम्बिनीको राम्रो सन्देश जाने भएकाले कार्यक्रम सफल बनाउनु आफूहरूको दायित्व भएको बताउनुभयो । बुद्धको जन्मस्थल भएका कारण यस्ता धार्मिक क्रियाकलापलाई बढाउनुपर्छ उहाँले भन्नुभयो ।

महासङ्घका अनुसार पहिलो दिनको त्रिपिटक वाचन थाई भिक्षुको नेतृत्वमा दोस्रो दिनको वाचन महायानी अथवा हिमाली लामा भिक्षुको नेतृत्वमा तेस्रो दिनको वाचन वाचन थाई भन्तेको नेतृत्वमा हुनेछ । तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासङ्घले जनाएको छ ।

त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । भगवान् बुद्धको उपदेश सङ्ग्रहित पालि भाषामा लेखिएको यो ग्रन्थ विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान्ले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह गरिएको छ । रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *