कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ। बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको सुमेरू अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।
बुढाका अनुसार उनी जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित थिए।
महामारीका कारण डोल्पामा यसअघि पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको थियो।
मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य छिन्। बुढा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0