श्रीमान् बिदेशमा श्रीमती अर्कै संग भागिन, केटाले ७ दिन राखेर फर्काएपछी रुदै मिडियामा (हेरौ भिडियो)

२०७८ बैशाख २६, आईतवार ०६:४१ गते २०७८ बैशाख २६, आईतवार ०६:४१ गते २०७८ बैशाख २६, आईतवार ०६:४१ गते

नेपालमा पछिल्लो सम्बन्धबिच्छेदको घटना बढ्दो क्रममा छ । कतिपय सम्बन्धबिच्छेद श्रीमान् श्रीमती नै नेपालमा भएतापनी एक अर्कासंगको बैमनस्यताको कारणले भएको छ भने श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको रहेको देखिन्छ ।

वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तै श्रीमानको ज्यादतीका कारणले पनि सम्बन्ध बिच्छेद नभएको होईन । यसका साथै कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हुनसक्छ ।

सम्बन्ध विच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारी, बालविवाहका साथै घरेलु हिंसा पनि एक प्रमुख कारण हो तर वैदेशिक रोजगारीका कारण बढी सम्बन्धविच्छेद भएको देखिन्छ। यस्तै आफ्नो परिवारलाई बुझेर बस्न नसक्दा धोका पाएपछी एक महिला एक युट्युव च्यानलमा रुदै सहयोग माग्न आएकी छिन ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा छन् । श्रीमान् भएको समयमा परपुरुष संग उनको माया प्रेम बस्यो र उनले २ बच्चालाई छोडेर त्यही पुरुष संग भागिन । अन्तिममा १ हप्ता पछि बिश्वास गरेर गएको ब्यक्तिले पनि धोका दियो । अन्तमा उनी यता न उताको भइन । घर परिवार कसैले वास्ता गर्न छोडेपछी उनी रुदै एक युट्युव च्यानलमा रुदै सहयोग माग्न आईन । यो भिडियो फाष्ट अनलाईन युट्युव च्यानलमा राखिएको छ । तल हेरौ सोही भिडियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *