लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा

२०७५ आश्विन २४, बुधबार ०३:०२ गते २०७५ आश्विन २४, बुधबार ०३:०२ गते २०७५ आश्विन २४, बुधबार ०३:०२ गते

२४ आश्विन २०७५, बुधवार यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

याताया व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्धा दायर भएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरु इश्वरराज रेग्मी, भुपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदीलाई प्रतिवादी बनाएको हो ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *