काठमाडौ । एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्री सामाजिक सञ्जालमा निकै सकृय हुन्छिन् । उनको अभिब्यक्ति चर्चित हुन्छन् । उनले विरोधीहरुलाई ब्यग्य गर्छिन । झाँकी्रले एमालेवाट निष्काशनमा परेपनि त्यसले आफुलाई केही फरक नपर्ने बताएकी छिन् ।
उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर।।।’
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै अन्य १२ जनालाई पनि कारवाहीका लागि स्पष्टिकरण सोधिएको छ । एमालेमै रहँदा पनि झाँक्री ओलीको निकै आलोचना गर्ने नेतामा पर्छिन । उनले राष्ट्रपति विद्या देवी भण्डारीको पनि खरो आलोचना गर्ने गरेकी छन् । राष्ट्रपतिलाई आलोचना गरेकी कारण उनलाई एक पटक प्रहरीले पक्राउ समेत गरेको छ ।
झाँक्रीले एमाले अध्यक्ष ओली र भण्डारीको चर्को विरोध गर्दै आएकी छिन् । कारबाहीपछिको उनको पोस्टमा एमालेको विवादलाई जोडेर विभिन्न प्रतिक्रिया आएका छन् ।
Views: 0