सिईडिबी हाइड्रोपावरका लगानीकर्तालाई खुसीको खबर, ओपनिङ रेञ्ज कति?

२०७८ जेष्ठ ११, मंगलवार १६:०३ गते २०७८ जेष्ठ ११, मंगलवार १६:०३ गते २०७८ जेष्ठ ११, मंगलवार १६:०३ गते

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ? सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? जस्ता हुन् । त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको ओपनिङ्ग रेञ्जकाे विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ ७९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ४१६ रुपैयाँ ३७ पैसा हुन्छ ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको थियाे ।

ग्राेलाप्रथाद्वारा गरिएकाे वितरणमा २ लाख ३४ हजार १ सय ९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका थिए । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १६ लाख ८५ हजार ६ सय २७ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ४ हजार ४ सय ४२ जना आवेदकको आवेदन रद्द भएको थियाे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *