अमेरिकामा नेपालीको अर्को इतिहास

२०७८ जेष्ठ २३, आईतवार १३:२७ गते २०७८ जेष्ठ २३, आईतवार १३:२७ गते २०७८ जेष्ठ २३, आईतवार १३:२७ गते

वासिंगटन डिसी। अमेरिकाको टेक्सास राज्यको युलेस सिटी काउन्सिलमा नेपाली मुलका उम्मेद्वार टीका पौडल विजयी भएका छन्। उनका प्रतिष्पर्धी एरिक बन्सलाई हराउँदै टेक्सासको स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका पौडेलले पहिलो विजय हासिल गरेर इतिहास बनाएका छन्।

जुन ४ र ५ तारिक दुई दिन भएको मतदानपछि शनिवार सांझ भएको मत गणनामा पौडेल विजयी भएका हुन्। यसअघि मे १ तारिकमा भएको सोही निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसक्दा पुननिर्वाचनको घोषणा भएको थियो।

पुननिर्वाचनलाई पौडेलले आफ्नो पक्षमा पार्न सफल भएका थिए। उनको निर्वाचन प्रचार अभियानका एक प्रमुख व्यक्तित्व प्रभात दीक्षितले डिसी नेपाललाई दिएको जानकारीअनुसार, सो शहरमा करिब ६ सयको हाराहारीमा नेपाली मतदाता छन्।

अमेरिकाद्वारा नेपाललाई खोप सहयोग गर्ने घोषणा: काठमाडौं। अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ। विहीबार व्हाइटहाउसले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी राजदूत रेण्डी बेरीले जानकारी दिएका छन्। उनका अनुसार नेपाललाई कति डोज खोप उपलब्ध गराउने हो भन्ने विषयमा भने छलफल जारी रहेको बताएका छन्।

उनले खोपको डोजबारे छिटै जानकारी आउने बताएका छन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एसियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। व्हाइट हाउसले २५ मिलियन डोज खोप सहयोगको घोषणा गरेको छ।

अमेरिकी सहयोग घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी निर्णयको स्वागत गरेका छन्। उनले ट्वीट गर्दै अमेरिकी सहयोगको स्वागत गरेका हुन्।

कोरोनाको दोस्रो लहरको चपेटामा परेपछि नेपाल सरकारले विभिन्न देशहरुसँग खोपका लागि पहल गरिरहेका बेला अमेरिकाले सहयोग गर्ने घोषणा गरेको हो। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेखेर खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। पूर्व युजराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको हिमानी ट्रस्टको अमेरिकास्थित च्याप्टरले पनि खोपका लागि लबिंग गरेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *