काठमाडौं– भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप घर भई हाल ललितपुर, ग्वार्को बस्ने ३३ वर्षीय भेषकुमार श्रेष्ठ र २२ वर्षीय विनोद श्रेष्ठ रहेको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ।
शुक्रबार बा५ख ४४५२ नम्बरको मिनी टाटा ट्रकमा बालुवा लोड गरी ल्याएको अवस्थामा चेकजाँचका क्रममा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीलाई उनीहरुले घुस दिन खोजेका थिए।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार विनोदले २ सय र चालक भेषकुमारले ५ रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको हो।
ट्रकसहित दुवैलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट सार्वजनिक उपद्र्याई मुद्दामा म्याद थपगरी थप अनुसन्धान कार्य भइरहेको बोगटीले बताए।
-nepallive
Views: 0