कुलमानलाई आयल निगममा सिफारिस , आजै नियुक्ति ?

२०७८ असार ३०, बुधबार २१:५१ गते २०७८ असार ३०, बुधबार २१:५१ गते २०७८ असार ३०, बुधबार २१:५१ गते

काठमाडौँ / हिजो मात्रै सर्वोच्च अदालको फैसलाले देशमा फरक वातावरण सृजना भएको छ। यसै बिच नेपाली काङ्ग्रेसका सभापति शेर ब. देउवा प्रधानमन्त्रिको मन्त्रिमण्डल बिस्तार हुने भएको छ।

मन्त्रिमण्डलमा कस्लाई कता लैजाने भन्ने बिषय प्रथामिकता मा रहेको छ। यसै बिच जनताका लोकप्रिय तथा लोडसेडिङ्गको अन्त्य गर्न सफल राष्ट्रप्रेमि कुलमान घिसिङ्गलाई नेकपा माअोवादिले नेपाल अायल निगममा सिफारिस गर्ने कुरा बाहिरिएको छ । प्रचण्डले नै उनलाई सिफारिक गरेको बुझिएको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए ।

देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आ’त्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए। अहिले उनको थुनछेक बयान चलिरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *