घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ असार ३१, बिहीबार ११:१८ गते २०७८ असार ३१, बिहीबार ११:१८ गते २०७८ असार ३१, बिहीबार ११:१८ गते

घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

आयल निगमका अनुसार पेट्रोलियम पदार्थको विक्री मूल्यभन्दा खरिद मूल्य एकदमै न्यून छ। ६७ रुपैयाँ ७७ पैसा प्रतिलिटरका दरले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट खरिद गरेको पेट्रोल निगमले १२९ रुपैयाँ प्रतिलिटरका दरले विक्री गरिरहेको छ। निगम र पम्प सञ्चालकको खर्च बाहेक पेट्रोल मार्फत सरकारलाई ५६ रुपैयाँ ८७ पैसा प्रतिलिटर राजस्व जाने गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *