ज्योतिषीले जुराए देउवा बालुवाटार सर्ने साइत

२०७८ असार ३१, बिहीबार १६:२८ गते २०७८ असार ३१, बिहीबार १६:२८ गते २०७८ असार ३१, बिहीबार १६:२८ गते

काठमाडौँ । प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा अझै बालुवाटार सरेका छैनन् । वालुवाटारवाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरीसकेका छन् । ज्योतिष र बास्तुमा विश्वास गर्ने देउवा भने बालुवाटार सर्ने राम्रो दिन कुरेर बसेका छन् । उनी प्रधानमन्त्री बनेपनि तत्काल बालुवाटार नसर्ने बताइएको थियो ।

अन्तत देउवा शुक्रबार बालुवाटार सर्ने निश्चित भएको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा राम्रो दिन हेराएर बालुवाटार सर्न लागेका हुन् । सोमवार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न फैसला सुनाएपछि मंगलवार ढिलो गरी उनले सपथ लिएका थिए । कानुनी भाषा नमिलेका कारण उनले सपथ नलिने अडान लिएका थिए ।

सर्वोच्च अदालतले कानुनी भाषा मिलाएपछि उनले सपथ लिएका हुन् । ज्योतिषीले जुराएको साइत अनुसार उनी शुक्रबार सरकारी निवास बालुवाटार सर्न लागेका हुन् । सरकारी निवासको भित्री व्यवस्थापन मिलाएर प्रधानमन्त्री देउवा सर्न लागेका हुन् । उनी बस्‍ने, खाने, आराम गर्ने सबै स्थानबारे परिवारको सदस्यले आएर हेरिसकेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *