ओली उपचारका लागि सिंगापुर जानैलाग्दा जब माधव नेपालले स्वास्थ्यलाभको कामना गरे, ओलीले भने ‘तिम्रो शुभकामना चाहिएन’

२०७८ असार ३१, बिहीबार १८:५५ गते २०७८ असार ३१, बिहीबार १८:५५ गते २०७८ असार ३१, बिहीबार १८:५५ गते

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनासाथ ०७४ मा प्रेस सल्लाहकार नियुक्त वरिष्ठ पत्रकार कुन्दन अर्यालले अब केपी ओलीलाई खास आकारमा ल्याउनु र पार्टीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका छन् ।

पत्रकार भीमसेन राजवाहकले सोमबार दिउँसो लेखेको फेसबुक स्ट्याटसमाथि टिप्पणी गर्दै अर्यालले त्यस्तो भनेका हुन् । भीमसेनले लेखेका थिए, ‘सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना । देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि केपी ओलीले कुन कदम चाल्ने हो रु अब चासोको विषय यो पो छ त १’ यसको जवाफमा कुन्दनको टिप्पणी थियो, ‘यही बेला हो, ओलीलाई खास आकारमा ल्याउनोस्, तर ओलीसहित कसैको अपमान नगर्नुहोस् ।

नयाँ उचाईंमा सबैको आत्मसम्मान हुने गरी नयाँ पुस्ता र फराकिलो सोच भएका काविलहरुलाई अघि बढाउँदै एकतावद्ध पार्टी बनाउनोस् । रोग बिग्रिएको अवस्थामा शल्यक्रिया चाहिन्छ, त्यो भइसक्यो, अब पार्टीकोे स्वास्थ्यमा ध्यान दिनोस् ।’

अपमानका अनेक श्रृंखला यसरी अघि बढेको स्मरण गर्दै कुन्दनले जनआस्थालाई बताउनुभयो– ‘अहिले पनि भाटहरु देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको भनेर फेसबुकमा लेख्न लाज मान्दैनन् । राष्ट्रपतिले नमानेपछि प्रमाणसहित जाने ठाउँ कहाँ त रु शीतल निवासले न्याय नदिएपछि अदालत जानुपरेन रु’

अर्थात्, कसैले कसैलाई अपमान गर्दा के हुन्छ रु भन्ने कुरा केपीबाटै सिक्नुपर्ने कुन्दनको आशय छ । जतिबेला ओली सिंगापुरमा उपचार गर्न जाँदै हुनुहुन्थ्यो, त्यसबेला शीघ्र स्वास्थ्यलाभको कामना गर्न बालुवाटार गएका माधव नेपाललाई थुप्रै मान्छेका अगाडि ‘मलाई तिम्रो शुभकामना चाहिएन’ भनेर अपमान गर्नुभएको थियो ।

केपीले पहिला प्रचण्डलाई साथ लिएर माधवलाई लात मा र्नु भएकै हो । कुन्दनले भन्नुभयो, ‘पहिला कुरा मिल्दासम्म प्रचण्डलाई बिहान ८–९ बजे बोलाएर बालुवाटारमा २–३ बजेसम्म दुई जनाबीच कुराकानी हुन्थ्यो र माधव नेपालहरूलाई घण्टौँ कुराइन्थ्यो ।’ पछि प्रचण्ड र माधव एक ठाउँमा भएपछि संसद् विघटन गर्नुभएको हो ।

त्यो अपमानको श्रृंखलाले अन्ततः आफूलाई नै पी डा मा पर्‍यो । उहाँका निम्ति असाध्यै प्रिय लागेको प्रधानमन्त्री पदबाट नचाहँदा नचाहँदै त्यस्तै अपमानित ढंगले बाहिरिनु पर्‍यो । जनआस्थाले समाचार लेखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *