सरकारले चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने तयारी

२०७८ श्रावण १२, मंगलवार १४:१७ गते २०७८ श्रावण १२, मंगलवार १४:१७ गते २०७८ श्रावण १२, मंगलवार १४:१७ गते

१२ साउन काठमाडौं – नेपाल सरकारले चलचित्रकर्मीहरुलाई पनि खोप उपलब्ध गराउने भएको छ । यो महिनाको अन्त्यसम्म चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध गराउने बताएको छ । चलचित्र विकास बोर्डले चलचित्रकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो ।

सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएपछि यतिबेला चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सूची बनाउन आग्रह गरेको छ । सबैको सूची हेरेपछि खोपको संख्या सरकारलाई उपलब्ध गराउने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । चलचित्र विकास बोर्डले विगत केही महिनादेखि चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन सरकारसँग माग गरिरहेको थियो । तर, मन्त्री परिवर्तन हुने क्रम चलेपछि विकास बोर्डलाई समस्या भएको थियो । चीनबाट सरकारले ४० लाख डोज खोप खरिद गरेको र खोप आउने क्रम जारी रहेकाले पनि चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन सरकार राजी भएको वुझिएको छ ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर चलचित्र विकास बोर्डमा खोप लगाउने योजना आफूहरुले बनाएको बोर्ड अध्यक्ष दाहालको भनाई छ ।
स्रोत:- अन्लाईन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *