काठमाडौँ– नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ४६२ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।
दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ ।
भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ। सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा दरखास्त माग गरिएको नेपाली सेनाद्वारा जारी विज्ञापनमा उल्लेख छ ।
यस्तो छ विज्ञापन
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0