काठमाडौं, २३ असोज – काठमाडौं, टोखा नगरपालिका-१ झोर फुलबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलले बा.६० प ६१८४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिंदा स्कुटरमा सवार टोखा नगरपालिका खरिपाटी डेरा गरी बस्ने दोलखा घर भएका १८ वर्षीय एलिन योन्जन र रामेछाप घर भएका १८ वर्षीय संजिप लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङ, – धुनिबेशी नगरपालिका-७ नौबिसेमा बा.५ ख ६१५१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय ज्ञान सागर लामाको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, – अर्जुनधारा नगरपालिका-२ भेलेनी चोकमा मे.४ प २८१५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही
नगरपालिका-६ बस्ने ३० वर्षीय निरज तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

कञ्चनपुर, – बेलौरी नगरपालिका-५ मैनाहमा से.७ प ५७०६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय रकम बहादुर शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, – धनगढी उपमहानगरपालिका-१३ पुरानो खप्तडस्थित सडकमा से.६ प ६१४७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३६ वर्षीय दिमेश सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, – खजुरा गाउँपालिका-७ गुनानास्थित सडकमा भे.१ ख २२७४ नम्बरको बसले भे.१ त ७४८८ नम्बरको ट्याक्टरलाई शनिबार बिहान ठक्कर दिँदा ट्याक्टरका मालिक खजुरा गाउँपालिका-७ बस्ने ६० वर्षीय जुमाई खानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *