जिप्रका दाङमा अत्याधुनिक ‘कमाण्ड सेन्टर’ उद्घाटन, प्रहरी सञ्चार प्रविधीमैत्री

२०७४ माघ १९, शुक्रबार १५:१२ गते २०७४ माघ १९, शुक्रबार १५:१२ गते २०७४ माघ १९, शुक्रबार १५:१२ गते

घोराही, १९ माघ
नेपाल प्रहरीकालागि डिजीटल रेडियो कम्यूनिकेशन सिस्टम सहितको कमाण्ड सेन्टरको दाङमा सुरु गरिएको छ ।

IMG_6526

जिल्ला प्रहरी कार्यालय दाङमा निर्माण गरिएको सिस्टमको नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो । डिजिटल रेडियो कम्यूनिकेशन सिस्टम लागु भएको राजधानी बाहिरको दाङ तेस्रो जिल्ला हो ।

IMG_6530

यसभन्दा पहिले मोरङ र पोखरामा सुरु भईसकेको प्रहरी महानिरिक्षक प्रकाश अर्यालले जानकारी दिए । सिस्टमको उद्घाटन गर्दै उनले यो प्रविधीको मद्धतबाट कमाण्ड सेन्टरबाटै प्रहरीको लोकेशन थाहा पाउन सकीने, रेडियो सेटमा बोलेका कुरा रेकर्ड हुने तथा हिस्टोरिकल डाटा संरक्षीत रहने हुदा प्रहरीले गरेका गतिविधी थाहा पाउन सकिने जानकारी दिए । अनालोग रेडियो सिस्टमभन्दा बढि क्षमता भएकाले सञ्चार सम्पर्क प्रभावकारी हुने अर्यालले विश्वास व्यक्त गरे ।

IMG_6538

पाँच नम्बर प्रदेशमा यो सिस्टम सुरु भएको दाङ पहिलो जिल्ला हो । अब जिल्लाभर प्रहरी सञ्चार सम्पर्क हुने छ । यसका साथै दाङसँग बाँकेको पनि रेडियो सेट सिधा सम्पर्क हुने प्राविधीक प्रहरी नायव महानिरिक्षक डा. राजिव सुब्बाले यस प्रविधीबारे जानकारी गराएका थिए । उनले यो डिजिटल मोबाईल रेडियोको प्रयोगसँगै प्रदेश नम्बर ५, ६ र ७ मध्य दाङ जिल्ला आधुनिक युगमा प्रव्श गर्ने पहिलो जिल्ला भएको सुब्बाले बताए ।

IMG_6559
यो प्रविधी सञ्चालन पछि जिल्ला प्रहरी कार्यालय दाङ र बाँकेको प्रहरी सञ्चार अझ बढि सुद्धढ र व्यवस्थित हुने प्रहरी संगठनले विश्वास लिएको छ । कार्यक्रममा पाँच नम्बर प्रदेशका प्रमुख एआईजी मधुप्रुाद पुडासैनी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *