पत्रकारसँगको विवादले राप्ती अञ्चल अस्पतालका चिकित्सकद्वारा सेवा ठप्प

२०७४ माघ १९, शुक्रबार १५:५३ गते २०७४ माघ १९, शुक्रबार १५:५३ गते २०७४ माघ १९, शुक्रबार १५:५३ गते

नारायण खड्का

दाङ,माघ १९

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेका छन्।

शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरि अस्पतालका सम्पूर्ण चिकित्सकहरूले काम ठप्प पारेको जानकारी दिएका छन्।

बिहिबार मात्रै तुलसीपुरमा कार्यरत एकजना पत्रकार गणेश आचार्यले राप्ती अञ्चल अस्पतालका प्रशासनिक अधिकृत निमबहादुर वलीमाथि आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका थिए। त्यसलगत्तै  नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले विज्ञप्ति प्रकाशित गरि सूचना संकलनमा गएको पत्रकारलाई गरिएको व्यवहारको भत्सना गर्दै दोषीलाई कारवाहीको माग गरेका थिए।

तर, शुक्रबार त्यसको जवाफमा अस्पतालका चिकित्सकहरूले नेपाल पत्रकार महासंघ दाङले जारी गरेको विज्ञप्तिले अस्पतालका सम्पूर्ण चिकित्सकहरूको क्षमतामाथि प्रश्न उठाउँदा आफूहरूको मानहानी भएको महशुस भएको तथा काम गर्ने वातावरण खलबलिएको उल्लेख गर्दै काम रोकेको बताएका छन्।

पत्रकार महासंघले जारी गरेको विज्ञप्तिले आमसर्वसाधारण र अस्पतालमा उपचार गराउन आउने बिरामीहरूमा चिकित्सकहरूप्रति भ्रम पैदा भएको तथा चिकित्सक,अस्पताल, आमसर्वसाधारण र बिरामीबीचमा सद्भाव र विश्वास खलबलिएको अस्पतालका चिकित्सकहरूको तर्फबाट जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रमुख जिल्ला अधिकारी, नेपाल मेडिकल काउन्सिल काठमाडौं, नेपाल पत्रकार महासंघ दाङ शाखा, नेपाल चिकित्सक संघ दाङ/ काठमाडौं र राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्षलाई बोद्धार्थ पठाइएको विज्ञप्तिमा भनिएको छ ‘उक्त विज्ञप्तिमार्फत चिकित्सकहरूको योग्यतामाथि प्रश्न उठाइएको विषय अत्यन्त घृणित, दूराशययुक्त र खराब मानसिकताबाट आएको हुँदा सम्पूर्ण चिकित्सकहरू उक्त विज्ञप्तिको घोर भत्सर्ना गर्दछौं।’

चिकित्सकहरूले विज्ञप्तिमार्फत असत्य र गलत आरोप लगाउने व्यक्तिलाई आवश्यक कारवाही नभएसम्म र सत्यतथ्य बाहिर आई आमसर्वसाधारण र चिकित्सकबीचमा विश्वासको वातावरण सृजना नभएसम्म आफूहरू काम गर्न असमर्थ रहेको जानकारी दिएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *