बहुसंख्यक पदाधिकारी तथा सदस्यद्वारा आइसीसीको बैठक बहिष्कार

२०७८ फाल्गुन १९, बिहीबार २०:५८ गते २०७८ फाल्गुन १९, बिहीबार २०:५८ गते २०७८ फाल्गुन १९, बिहीबार २०:५८ गते

काठमाडौँ (जस)-गैरआवासीय नेपाली संघको विवाद मिलाउन उच्चस्तरीय समितिले रातदिन काम गरिरहेको बेला संघ फुटाउने उद्देश्यले विधान विपरित बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बुधबार (२ मार्च) बस्ने भनिएको बैठकलाई अधिकांश पदाधिकारी तथा आइसीसी सदस्यहरुले बहिष्कार गर्ने जनाएका छन् ।

मिटिंगमा उच्चस्तरीय समितिलाई खारेज गर्ने र सदस्यता शुल्क नबुझाएका अमेरिका, युके , अस्ट्रेलिया लगायतका ठूला राष्ट्रिय समन्वय परिषदहरुको सदस्यता खारेज गर्ने लगायतका एजेन्डा राखिएको छ।

संघको विधान र नियमावली अनुसार संघका अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस) मा एजेन्डाबारे छलफल भए पछि पदाधिकारीहरु (ओबी) को बैठकले पास गरे पछि मात्रै १ हप्ता अगाडी एजेन्डा आइसीसीलाई पठाउनु पर्ने हुन्छ। तर उक्त कुनै पनि प्रक्रिया पुरा नगरी एकपक्षीय एजेन्डाहरु राखेर बैठक बोलाए पछि आइसीसीकै पदाधिकारी तथा सदस्यहरुले कडा प्रतिवाद गरेका छन्।

संघका उपाध्यक्षहरु सोनाम लामा, मन केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बु, युवा संयोजक हिमाल गुरुङ, मध्यपूर्व संयोजक प्रविण गुरुङ, युरोप संयोजक नारायण आचार्य, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपाने, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, युरोप क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने, मध्यपूर्व क्षेत्रीय उपसंयोजक मनोज श्रेष्ठ गोर्खाली, अमेरिकाज युवा संयोजक विमला सापकोटा, आइसिसी सदस्यहरु दिलिपसिङ गुरुङ, बिजय मोक्तान, चिन्तामणी सापकोटा, शिवराज पौडेल, पासाङ्ग लामा, तृष्णा काफ्ले लगायतले विधान मिचेर संस्था फुटाउने उद्देश्यले बैठक बोलाउने कदमको कडा विरोध गरेका छन्।

“यो मिटिंगमा प्रस्तावित एजेन्डा संघलाई टुक्राउने उद्देश्यले ल्याइएको स्पष्ट भै सकेको छ। त्यसैले संस्थालाई बचाउने हो भने यो बैठक तत्काल रोकिनु पर्छ, नत्र हामीहरु बैठक बहिष्कार गर्न वाध्य हुने छौं,” संघका युरोप संयोजक नारायण आचार्यले भने।

यसै बीच अध्यक्ष कुमार पन्तले बुधबारको बैठक पर सार्नेबारे विचार विमर्श गरिरहेको बुझिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *