संस्थापन पक्षले नै फुटायो एनआरएनए

२०७८ फाल्गुन १९, बिहीबार २१:०९ गते २०७८ फाल्गुन १९, बिहीबार २१:०९ गते २०७८ फाल्गुन १९, बिहीबार २१:०९ गते

काठमाडौँ (जस) – गैर आवासीय नेपाली संघमा आफ्नो असक्षम कार्यकाल पुरा गर्न लागेका अध्यक्ष कुमार पन्तले आफ्नो निधारमा कलङ्कको टिका लगाएका छन । संस्थालाई कमाइ खाने भाडो बनाएको एउटा सानो गुटको निर्देशनमा उनले संघलाई दुइ टुक्रा पार्ने निर्णयहरु गराएका छन । विधान विपरित जम्मा २ दिनको सूचना दिएर बुधबार बोलाइएको आईसिसि बैठकलाइ अधिकांश पदाधिकारी तथा सदस्यहरुले बहिष्कार गरेका थिए। १४० बढी आइसीसी सदस्यहरु रहेकोमा ५० भन्दा कम सदस्यहरु मात्रै बैठकमा सहभागी भएको विश्वस्त सूत्रले बतायो ।बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज गर्ने, ५ दिन भित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आवद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता एकपक्षीय र विधानको ठाडो उल्लङ्घन गर्ने खालका निर्णयहरु गरेको बताइएको छ।

प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनु पर्ने गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए। संघको विधान २००३ (संशोधन सहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न मिल्दैन।नयां आइसीसी गठन भए पछि मात्रै संरक्षक परिषद पनि नयां गठन हुने व्यवस्था छ।तर एकलौटी रुपमा कथित चुनाव गराई संस्था कब्जा गर्ने उद्देश्यले अध्यक्ष पन्त लगायतले संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने अवैधानिक निर्णय गरेको बुझिएको छ ।

स्रोत: राष्ट्रिय जन सवाल दैनिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *