एक राउण्ड गोली र सालकको खपटा (आखेटोपहार) सहित पक्राउ

२०७९ बैशाख २२, बिहीबार २१:०२ गते २०७९ बैशाख २२, बिहीबार २१:०२ गते २०७९ बैशाख २२, बिहीबार २१:०२ गते

काठमाडौं, २२ वैशाख – काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र
९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास
नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा
जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई
पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित युनिभर्सल
लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार)
सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका-३ घर
भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी
गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । उक्त होटलमा अवैध रुपमा
दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त
नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटा सहित फेला पारी
उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *