पानी ले सडक जीर्ण

२०७५ कार्तिक २१, बुधबार ०१:३१ गते २०७५ कार्तिक २१, बुधबार ०१:३१ गते २०७५ कार्तिक २१, बुधबार ०१:३१ गते

काठमाडौं । गौशाला–चाबहिल खण्डमा बीच सडकमै भल बग्ने गरेको छ। वर्ष दिन नपुग्दै पिच उप्केर सडक उस्तै भइसकेको छ। तिहार लागिसक्यो तर पनि राजधानीका सडक बर्खामा झैं हिलाम्मे छन् । बीच सडकमै पानी निस्कँदा सवारी चालक र यात्रुले सास्ती व्यर्होनुपरेको छ ।

पिच गरेको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी बढेका छन्। पिच उप्किएको छ । सबभन्दा बढी समस्या गौशाला–चाबहिल खण्डमा छ। जयवागेश्वरी, मित्रपार्क र चाबहिलको मुख्य सडकमा भल बग्ने गरेको छ।

गौशाला ट्राफिक वृत्तका प्रमुख प्रहरी निरीक्षक सुनीलजंग शाह पानीले आवतजावत प्रभावित भएको बताउँछन् । ‘कतै मेलम्चीको पानी परीक्षण गर्दा त कतै पुराना पाइप फुटेर समस्या भएको हो,’ उनले भने, ‘पानी निस्किएको ठाउँमा खाल्डाखुल्डी बढी छन्, त्यस्तो ठाउँमा गाडीको गति घट्छ, जसले गर्दा जाम हुने गरेको छ ।’

उनका अनुसार यस्तो समस्या निम्तिएको दुई साताभन्दा बढी भयो। ‘पानी निस्किएको ठाउँमा खाल्डाखुल्डी बढी भएकाले दुर्घटनाको खतरा हुन्छ,’ शाहले भने, ‘सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौं, समाधान भइसकेको छैन।’

यो खण्ड भएर दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्छन्। पशुपति मन्दिर पुग्ने धार्मिक पर्यटकले प्राय: यही सडक प्रयोग गर्छन्। छठ नजिकिँदै जाँदा चाप अझ बढेको छ। पिच गरेको ठाउँमा पानी निस्किएपछि सडक पहिलेजस्तै जीर्ण बनेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको महांकालचौर शाखाका प्रमुख उमेश मरहट्ठाका अनुसार सुरुमा भत्काएर बनाउन सडकले स्वीकृति दिएको थिएन।अहिले स्वीकृति दिएको छ। ‘मेलम्चीले पाइपलाइन विस्तार गरेपछि पुरानो पाइप बिगारिदियो जसले गर्दा ठाउँ–ठाउँमा समस्या भएको हो,’ उनले भने, ‘जहाँ/जहाँ समस्या छ, तिहारलगत्तै समाधान गर्नेछौं।’ अहिले पानीको माग बढेको छ । सुरुमा उपभोक्तालाई ५ दिनमा पानी वितरण गरिन्थ्यो। अहिले दिन बिराएर वितरण गर्ने गरिएको छ।

‘पुराना पाइपमा पनि समस्या आएको छ, ती पाइप मक्किएका छन्,’ उनले भने, ‘अर्कोतर्फ मेलम्चीले ठूलो पाइप राख्दा समस्या भएको हो।’ मरहट्ठाका अनुसार पानीेको मात्रा बढेपछि आपूर्ति बढाइएको हो।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमले जीर्ण पाइपका कारण सडकमा पानी निस्किएको बताए । ‘खानेपानी संस्थानले राणाकालीन पाइप अझै फेर्न सकेको छैन, पाइप जीर्ण छन्,’ उनले भने, ‘जसले गर्दा ठाउँ–ठाउँमा पाइप फुटेर पानी निस्किएको छ, सडकमा खाल्डाखुल्डी बढेको छ, एक ठाउँमा टाल्यो अर्को ठाउँमा पानी निस्कन्छ, यो समस्याबाट आजित बनेका छौं ।’

गौतमका अनुसार चाबहिल, गौशाला, नयाँबानेश्वर, पुरानो बानेश्वर खण्डमा यो समस्या बढी छ । ‘उच्च ओहोदामा रहेका विदेशीको भ्रमण हुन्छ, यत्तिका लागि भए पनि सडक टाल्देऊ भन्छन्, आज टाल्यो पर्सि उस्तै हुन्छ,’ उनले भने । माइतीघरमा टालिएको सडक पानी नथामिँदा फेरि खाल्डो भइसकेको उनले बताए ।

कान्तिपुरबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *