ओलम्पिक छनोट फुटबल : नेपाल आज भारतसँग भिड्दै

२०७५ कार्तिक २२, बिहीबार ०२:०४ गते २०७५ कार्तिक २२, बिहीबार ०२:०४ गते २०७५ कार्तिक २२, बिहीबार ०२:०४ गते

२२ कार्तिक २०७५, बिहिवार 

काठमाडौं – ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाल बिहीबार भारतसँग भिड्ने भएको छ ।एसिया छनोट खेल्न नेपाली अहिले म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

दुई हप्ता चीनमा अभ्यास गरी नेपाली टोली शुक्रबार म्यान्मा पुगेको हो । चीनमा रहँदा नेपाली फुटबल टोलीले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल एक खेलमा विजयी र दुई खेलमा पराजित भएको थियो । नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

-उज्यालो अनलाइन 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *