छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ

२०७९ असार २३, बिहीबार ०७:०८ गते २०७९ असार २३, बिहीबार ०७:०८ गते २०७९ असार २३, बिहीबार ०७:०८ गते

काठमाडौं, २२ असार – कैलाली, धनगढी पमहानगरपालिका-गौरिकटानबाट१ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहितफेला पारी पक्राउ गरेको हो ।

यसैगरकैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ्राउन सुगर सहित गोदावरी नगरपालिका-१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-मेचीपुबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

र्सा, वीरगंज महानगरपालिका-२८ बगहीबाट करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३० वर्षीय रबिकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन् । यूप ७० बके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरजिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *