सवारी दुर्घटनामा परी मृत्यु

२०७९ असार २३, बिहीबार ०८:३० गते २०७९ असार २३, बिहीबार ०८:३० गते २०७९ असार २३, बिहीबार ०८:३० गते

काठमाडौं, २२ असार – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थितसडकमा बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार जडिबुटी बस्ने रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोसी गाउँपालिका-६ सितलपाटीस्थित सडकमा बागमती प्रदेश-०१-०२५ च १९५३ नम्बरको पिकअप आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा पकअप चालक सिरहा बिसनपुरकट्टी बस्ने २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा िकअपका सहचालक सामान्य घाइते भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *