मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

२०७९ असार २३, बिहीबार ०८:३७ गते २०७९ असार २३, बिहीबार ०८:३७ गते २०७९ असार २३, बिहीबार ०८:३७ गते

काठमाडौं, २२ असार – मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठाडौं महानगरपालिका-३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमध्ये ौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरसी कामका लागि बिक्री गरेको र घर मालिकलेसमेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा पीडितलाई मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा कुवेतबाट उद्धार गरिएको थियो ।

साथै रेवतीले भारतमा डान्सको काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्‍याई डर त्रास देखाई डान्स गर्न लगाएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ताल्याइएको थियो

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भन कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेक खुल्न आएको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *