कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालद्धारा नेपाली राजदूतावास दोहामा कार्यभार ग्रहण

२०७९ असार २३, बिहीबार १०:५२ गते २०७९ असार २३, बिहीबार १०:५२ गते २०७९ असार २३, बिहीबार १०:५२ गते

काठमाडौं–कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालले बुधबारबाट नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण गरेका छन् । बुधबार अपरान्ह राजदूतावासमा आयोजित संक्षिप्त कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए । सो अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल –कतार द्विपक्षीय सम्बन्धबारे जाानकारी गराएका थिए ।

महामहिम राजदूतज्यूले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवाप्रवाहलाई आवश्यकताअनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए । यसअघि बुधबारै राजदूत ढकाल दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा त्यहाँ अति विशिष्ट कक्षमा कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा राजदूतावासका कूटनीतिक अधिकारीहरूले उनलाई स्वागत गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *