किरण चेम्जोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

२०७९ श्रावण १७, मंगलवार १८:१० गते २०७९ श्रावण १७, मंगलवार १८:१० गते २०७९ श्रावण १७, मंगलवार १८:१० गते

१७ साउन,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने ।

त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *