विप्लवविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्छ : श्रेष्ठ

२०७९ श्रावण १७, मंगलवार १८:१६ गते २०७९ श्रावण १७, मंगलवार १८:१६ गते २०७९ श्रावण १७, मंगलवार १८:१६ गते

काठमाडौं– ललितपुर जिल्ला अदालतले सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेसँगै माओवादी र एमालेका नेताहरुले त्यसको विरोध गरेका छन्।माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले उक्त पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले भनेका छन्, ‘विप्लवहरुविरुद्ध जारी गरिएको पक्राउ पुर्जीकाबारेमा नियमित अदालती प्रक्रिया भनेर पञ्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ। सरकारले अविलम्व आवश्यक कदम चालोस्।

’नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालगायतका नाममा पक्राउ पुर्जी जारी गरेकोमा मंगलबार एमाले र माओवादीका सांसदले विरोध जनाएका छन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले विप्लवसँग तीन बुँदे सहमति गरेको थियो।

त्यसबेला विप्लव नेतृत्वका नेता कार्यकर्ता माथि लागेका मुद्दा फिर्ता गर्ने, कैदी बन्दीको रिहाई गर्नेलगायतका सहमति भएका थिए। ललिपुर जिल्ला अदालतले भने ती नेताहरूविरुद्ध हातहतियार तथा खरखजानासमेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधसमेतको मुद्दा र हातहतियार तथा विस्फोटक मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *