केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ गीत लोकार्पण

२०७९ आश्विन १३, बिहीबार १५:०८ गते २०७९ आश्विन १३, बिहीबार १५:०८ गते २०७९ आश्विन १३, बिहीबार १५:०८ गते

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत सोमवार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएकाे हाे ।

कृति न्यौपानेको संगीत, फणिन्द्र राईको संगीत संयोजन रहेको गीतमा सु–प्रसिद्ध गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । गीतको भिडियोमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको अभिनय छ ।

मदनकृष्णको साथमा गीतकार केदार स्वयंसँगै मञ्जु श्रेष्ठ, सुनिल बञ्जाडेलगायतले पनि भिडियोमा अभिनय गरेका छन् । गीत लोकार्पण कार्यक्रममा बोल्दै गीतकार पनेरुले म्युजिक भिडियोका रुपमा आफ्नो पहिलो कृति रहेको जानकारी दिए । गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए ।

अभिनेता मदनकृष्ण श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ राम्रो गीत बनेको बताए । आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव गीतले बोकेको उनले बताए ।

उनले भने, ‘मलाई प्रायः भिडियोमा खेल्न आफ्नै स्वर सुहाउँछ । तर, यसमा अरुको स्वरमा अभिनय गर्दा पनि राम्रै देखिएको रहेछ ।’ पछिल्लो समय गीत चलाउन गाह्रो रहेको बताउँदै ‘सुखी हुनु छैन मलाई’ राम्रो बनेकोले स्रोता एवं दर्शकबाट राम्रै प्रतिक्रिया पाउने विश्वास मदनकृष्णले व्यक्त गरे ।

वसन्त सापकोटाको निर्देशनमा तयार भिडियोलाई दिनेश पराजुलीले छायाँकन एवं राकेश दाहालले सम्पादन गरेका हुन् । कार्यक्रममा गीतसँग जोडिएका सम्पूर्णलाई अभिनेता मदनकृष्ण श्रेष्ठको हातबाट मायाको चिनोद्वारा सम्मानसमेत गरिएको थियो । भिडियो गीतकार स्वयंको ‘केदार पनेरु’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *